तीन दलबीच सत्ता समीकरणबारे छलफल
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सत्ता समीकरणबारे आज छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिले केही दिनअघि गरेको निर्णयबारे जानकारी गराउनुभएको थियो ।
कांग्रेसले यही चैत २० गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिनभन्दा बढी समय हँुदासमेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।
सभापति देउवाले राखेको उक्त प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सकारात्मक छ’ भन्नुभएको बैठकमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले त्यसमा आफूहरु साथमा रहेकोसमेत अवगत गराउनुभएको थियो । जसपाका नेताहरुले भने सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गरेर निर्णय गरेपछि पुनः बस्ने बताउनुभएको थियो । प्रवक्ता शर्माले सत्ता समीकरणका लागि तीन दलबीच भएको पहिलो बैठक सकारात्मक रुपमा टुगिङ्एको बताउनुभयो ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र प्रवक्ता शर्मा, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, नेताद्वय कृष्णबहादुर महरा र देवबहादुर गुरुङ, प्रवक्ता नारायणकाजी श्रेष्ठ एवं जसपाका तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, सङघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्ता समीकरणबारे छलफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्