राष्ट्रिय युवा प्रतिभा सम्मानबाट शर्मिला विश्वकर्मा सम्मानित
काठमाण्डौं । “युवाका लागि सुरक्षित वातावरण” भन्ने नारा सहित आज अगष्ट १२ तारिकमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइयो । यो अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा हरेक वर्ष प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानबाट शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मा सहित १० जना युवाहरुलाई सम्मान गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका २६ कास्की निवासी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले युवा पत्रकारका रुपमा क्रियाशिल रही नेपाल अपाङ्ग मानव केन्द्रद्वारा प्रकाशित अपाङ्ग आवाज मासिक पत्रिका र साप्ताहिक रेडियो कार्यक्रम अपाङ्ग आवाज मार्फत अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु प्रकाशन एवं प्रशारण गरि अपाङ्गता जगतमा योगदान गरेबापत रु १ लाख नगत सहित सम्मान पत्रद्धारा उपप्रधान मन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्मान गरिएको थियो ।
राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित हुने युवाहरुमा शिक्षा तर्फ काठमाण्डौंका विनोद शाही, उद्यमशिलता तर्फ इलाका दिवस श्रेष्ठ, सूचना प्रविधि र सञ्चार तर्फ पोखरालेखनाथ महानगरपालिका २६ कास्कीकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मा, विज्ञान प्रविधि तर्फ धनुषाका अम्बर मण्डल र चितवनका सरोज चेपाङ्ग, सामाजिक रुपान्तरण तर्फ गुल्मिकी गंगा खड्का, कुषि तर्फ कैलालीकी गोमा कुमारी अधिकारी, कला संस्कृति, साहित्य सृजना तर्फ जुम्लाका गोविन्द नेपाली साकी, समाज सेवा तर्फ नवलपरासीका तिलोत्म पौडेल र कृषि र उद्यमशीलता तर्फ तनहुँका तेजविक्रम थापालाई जनही रु १ लाख सहित सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #युवा प्रतिभा सम्मान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्