राष्ट्रिय युवा प्रतिभा सम्मानबाट शर्मिला विश्वकर्मा सम्मानित

काठमाण्डौं । “युवाका लागि सुरक्षित वातावरण” भन्ने नारा सहित आज अगष्ट १२ तारिकमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइयो । यो अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा हरेक वर्ष प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानबाट शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मा सहित १० जना युवाहरुलाई सम्मान गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका २६ कास्की निवासी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले युवा पत्रकारका रुपमा क्रियाशिल रही नेपाल अपाङ्ग मानव केन्द्रद्वारा प्रकाशित अपाङ्ग आवाज मासिक पत्रिका र साप्ताहिक रेडियो कार्यक्रम अपाङ्ग आवाज मार्फत अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु प्रकाशन एवं प्रशारण गरि अपाङ्गता जगतमा योगदान गरेबापत रु १ लाख नगत सहित सम्मान पत्रद्धारा उपप्रधान मन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्मान गरिएको थियो ।
राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित हुने युवाहरुमा शिक्षा तर्फ काठमाण्डौंका विनोद शाही, उद्यमशिलता तर्फ इलाका दिवस श्रेष्ठ, सूचना प्रविधि र सञ्चार तर्फ पोखरालेखनाथ महानगरपालिका २६ कास्कीकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मा, विज्ञान प्रविधि तर्फ धनुषाका अम्बर मण्डल र चितवनका सरोज चेपाङ्ग, सामाजिक रुपान्तरण तर्फ गुल्मिकी गंगा खड्का, कुषि तर्फ कैलालीकी गोमा कुमारी अधिकारी, कला संस्कृति, साहित्य सृजना तर्फ जुम्लाका गोविन्द नेपाली साकी, समाज सेवा तर्फ नवलपरासीका तिलोत्म पौडेल र कृषि र उद्यमशीलता तर्फ तनहुँका तेजविक्रम थापालाई जनही रु १ लाख सहित सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #युवा प्रतिभा सम्मान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्