पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा प्रेस युनियनका इन्द्र गिरी
संखुवासभा – नेपाल पत्रकार महासंघ संखुवासभाको छैटौं अधिवेशनमा ईन्द्र गिरी निर्वाचित भएका छन् । खसेको कुल ३५ मतमध्ये गिरीले २४ मत प्राप्त गरे।
गिरीका प्रतिद्वन्द्वी गंगा बिष्टले मात्र ११ मत प्राप्त गरे । संखुवासभामा कुल मतदाता संख्या ३९ रहे पनि ३५ मत मात्र खसेको हो ।
बुधबार महासंघको कार्यालयमा भएको निर्वाचनमा प्रतिद्वन्दी विष्टलाई ११, २४ मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।नव निर्वाचित अध्यक्ष गिरीले “आफ्नो नेतृत्वमा रहेको कार्यकालमा जिल्लामा कार्यरत पत्रकारहरुको हक र हितका लागि तथा जिल्लामा सञ्चालित मिडिया हाउसको स्तरउन्नतिका लागि दिलोज्यान दिएर लागि पर्ने बताएका छन् । उनले भने, ‘परिवर्तित समयसापेक्ष पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने, क्षमतावृद्धि गरी सशक्त र सबल बनाउन लागिपर्ने छु’,।
त्यस्तै, सचिव पदमा प्रेम प्रसाद निरौलालाई पराजित गर्दै मेघराज तामाङ निर्वाचित भएका छन् । तामांगले प्रतिद्वन्दी निरौलालाई ८, २७ को मत अन्तरले पराजित गरेका हुन् । जिल्ला कार्य समितिको ४ सदस्य पदमा सुरेन शाक्य, भविन कार्की, दुर्गेश पौडेल र माधव सुवेदी निर्वाचित भएका छन् । ४ पदका लागि ५ जनाको उमेद्वारी परेकोमा दुर्गामणी कटुवाल पराजित भएका हुन्।
जिल्ला कार्य समितिको उपाध्यक्षमा कृष्णराज शाक्य र कविता कोईराला (महिला उपाध्यक्ष) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्ष पदमा अनिश विष्ट र सहसचिव पदमा खुल्ला तर्फ बाट सुजन बज्राचार्य र समाबेशी तर्फ बाट ध्यान कुलुंग निर्बिरोध निर्वाचित भएका छन् ।
निर्वाचित कार्य समितिको पदावधी ३ बर्षको हुनेछ ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्