गौतम कूलदेवता पूजा व्यवस्था सङ्घको १५ सदस्यीय कार्यसमिति पुनर्गठन
गोतामे (गौतम) कूलदेवता पूजा व्यवस्था सङ्घको एघाराँै साधारणसभाले पूर्वअध्यक्ष दामोदरप्रसाद गौतमको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा श्यामकृष्ण गौतम, कोषाध्यक्षमा राजाराम गौतम तथा सचिवमा शिवजी गौतम र सदस्यमा मणि गौतम, रन्जु गौतम, देवेन्द्र गौतम, रामजी गौतम, सुनिता गोतामे, गोविन्दहरि गोतामे, मिना गौतम र पुस्कर गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
कोभिड–१९ महामारीका कारण रोकिएको दशौँ साधारणसभा पनि गाँसिएको सो साधारणसभामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने गौतामे (गौतम) बन्धुका छात्रछात्रा तथा नागार्जुन नगरपालिका–९ स्थित सरस्वती आधारभूत माध्यामिक विद्यालयका छात्रछात्रालाई ‘भूवनेश्वरी गौतम पुरस्कार’ प्रदान गरिनाका साथै ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धा र सङ्घको अक्षयकोष वृद्धिमा सहयोग पु¥याउनुहुने महानुभावलाई सम्मान गरिएको थियो ।
यसअघि उक्त साधारणसभा शुभारम्भ गर्दै नगर प्रमुख मोहनबहादुर बस्नेतले गोतमे (गौतम) बन्धुलगायत यसक्षेत्रका सबै जातजातिको धर्म र संस्कृतिको सम्बद्र्धनका लागि आफ्नातर्फ बाट सक्दो सहयोग उपलब्ध गराउने वचन दिनुभयो ।
उहाँले यस नगरपालिकाले गरेको विकास र निर्माणका कामबाट अन्य स्थानीयलाई पनि प्रेरणा मिलोस् भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गौतम कूलदेवता पूजा व्यवस्था सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्