भकुण्डेमा ‘नमोबुद्ध साहित्य उत्सव’
काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा ‘नमोबुद्ध साहित्य उत्सव’को तेस्रो शृङ्खला सम्पन्न भएको छ । साहित्यमार्फत नमोबुद्धको पहिचानलाई राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित उत्सवको आयोजना गरिएको हो ।
तीन दिनसम्म चलेको उत्सवका क्रममा राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकारलाई ऐतिहासिक तथा धाकिर्मकस्थल नमोबुद्धमा स्वागतसहित नगरपालिकाका विभिन्न पर्यटकीयस्थलहरुमा भ्रमण गराइएको थियो । त्यस्तै, नमोबुद्ध नगरपालिकाका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टङ्कप्रसाद शर्मा तिमल्सिनाको अध्यक्षता एवं अन्तरराष्ट्रिय साहित्य समाजका अध्यक्ष प्राध्यापक एलबी क्षेत्रीको प्रमुख आतिथ्यतामा उत्सव आयोजना गरिएको थियो ।
सो क्रममा प्राध्यापक क्षेत्रीले नमोबुद्ध नगरपालिका साहित्यको उर्वरभूमि रहेको र नगरमा साहित्यिक वातावरण निर्माणका लागि नगरपालिकाले खेलेको भूमिका उत्साहजनक रहेको बताउनुभयो ।
नगरमा हुने समग्र विकास निर्माणका कामलाई साहित्यमार्फत उजागर गरेपछि मात्रै व्यापकता पाउने उहाँको भनाइ थियो । नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि विगतदेखि नै गर्दै आएको उत्सवलाई यस वर्ष पनि निरन्तरता दिँदै आएको बताउनुभयो । आगामी दिनमा नगरपालिकाका सबै वडामा राष्ट्रियस्तरका साहित्यकारहरुको जमघटसहित साहित्यक कार्यक्रम आयोजना गरिने नगरप्रमुख तिमल्सिनाको भनाइ थियो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नमोबुद्धको ऐतिहासिकताका विषयमा नाटक तयार पारिएको र देशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको जानकारी दिनुहुँदै नाटक, गीत र कवितामार्फत स्थानीय पहिचानलाई व्यापकरुपमा प्रचार र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सो क्रममा महाप्रबन्धक बललाई पत्रकारिता र साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो । उपप्राध्यापक एवं साहित्यकार महेश पौड्यालले वार्षिक रुपमा कार्यक्रम आयोजना गरेर साहित्यको जगेर्ना गर्न नगरपालिकाले खेलेको भूमिका उदाहरणीय भएको बताउनुभयो ।
कवि एवं निबन्धकार मोमिला जोशीको अध्यक्षतामा भएको साहित्य उत्सवमा राष्ट्रिय एवं स्थानीयस्तरका गरी करीब दुई दर्जन साहित्यकारले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भकुण्डेमा ‘नमोबुद्ध साहित्य उत्सव’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्