Techie IT
शनिबार, फागुन ३०,२०८२

नेपाल भाषा परिषद्को नयाँ कार्यसमिति चयन

अध्यक्षमा शाक्य


काठमाडौं।नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्मित कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएका छन् ।

त्यसैगरी,सदस्यहरुमा छत्रबहादुर कायस्थ, धु्रब मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा सायमी , विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ हरेको बताइएको छ ।
साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

परिषद्को १६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष . शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको पुनःनिर्माण कार्य छिट्टैअगाडि बढाउने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल भाषा परिषद्को नयाँ कार्यसमिति चयन


तपाईको कमेन्ट लेख्नुहोस्