केपी ओलीलाई अध्यक्षबाट हटाएर नयाँ केन्द्रीय कमिटी गठन गर्ने तयारी
काठमाडौं, १९ चैत । माधव–झलनाथ समूहले चाँडै नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी गठन गर्ने बताएको छ ।
आज बिहीबार बिहान पोखरामा कास्कीमा आफू पक्षीय कमिटीको घोषणा गर्दै सो समूहका नेता माधव कुमार नेपालले अब चाँडै केन्द्रीय कमिटी घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
पार्टीमा आफूलाई सबैले साथ दिइरहेको बताउँदै उनले ओलीको कारवाहीबाट नआत्तिकन अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।
निलम्बनबाट आफूहरु नआत्तिएको बताउँदै नेता नेपालले अब देशैभर समानान्तर गतिविधिलाई थप तीव्र पारिने घोषणा समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव–झलनाथ समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्