घाँस काट्न गएका सात बेपत्ता बालिका भारत बिहारमा फेला
प्रदेश २ स्थित महोत्तरीको भंगहा–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत बिहारको सीतामढीमा फेला परेका छन् ।
उनीहरू सीतामढीबाट घर ल्याउन लागिएको भंगहाका मेयर संजिव साहले बताए । अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साहसहितको टोली धर्मपुर बस्ती पुगेका छन् ।
‘उनीहरू भारत बिहारको सीतामढीमा फेला परेका छन् । घर ल्याउन लागिएको मेयर साहले बताएका छन ।
स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।
अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । रिया र ज्योतिकक्षा – ८, सीमा र नगिना कक्षा ७, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालिका भारत बिहारमा फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्