‘खुवालुङ’लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने मुख्यमन्त्री राईको स्पष्टोक्ति
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने बताएका छन्। । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल समेत रहेको शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको अवलोकन गर्दै उनले सम्पुर्ण नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण तथा प्रवद्धर्न गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।
जलयात्राको प्रचुर सम्भावना रहको यस ठाउँका बारेमा विज्ञहरुसँगको छलफलबाट खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्न काम अगाडि बढाइएको भन्दै मन्त्री राईले यसमा संघिय सरकारको समेत सहयोग रहने बताए । धार्मिक, संस्कृतिक प्रवद्र्धन तथा सम्पदाको जगेर्ना गरी जलयात्रालाई किमाथाङ्का पुर्याउन अध्ययन तथा अनुसन्धान भएरहेको उनको भनाई छ ।
साथै उनले केही दिन अगाडि सङघीय र प्रदेश सरकारले उक्त ढुङ्गा फुटाउँदै छ भन्ने गरी समुदायमा भ्रम सिर्जना गरिएको प्रति कटाक्ष गदै यस्ता भ्रम सृजना नगर्न सबैसँग अनुरोध गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##‘खुवालुङ’, #breaking, #मुख्यमन्त्री राई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्