फागु पूर्णिमाको दिन मनाइने सङ्कटा जात्रा सम्पन्न
काभ्रे। काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको छ । नगरभित्रका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको जात्रामा रथ यात्रा गर्दै बजार परिक्रमा गरी बेलुकापख मन्दिरमा जम्मा भएर दर्शन गर्ने र सामूहिक भोज गर्ने गरिन्छ ।
यस वर्ष पनि विगतमा झैँ भिन्तुना ग्रुप पनौतीको अगुवाईमा जात्रालाई निरन्तरता दिइएको हो । बेलुकीपख पनौतीको सङ्कटा भवानीको मन्दिरमा पुगेर जात्रा समापन गरेपछि पनौती आसपासका ठाउँमा खेलिने गरेको होली पर्व सम्पन्न भयो भन्ने सङ्केतका रूपमा सो जात्रा मनाइँदै आएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष प्रवीण कर्माचार्यले बताए । विशेषगरी नेवार समुदायको प्रधानाङ्गहरुको अगुवाईमा मनाइने गरेको सो जात्रा पछिल्लो समयमा पनौतीका नेवार समुदायका सबैले मान्ने गरेको उनको भनाइ छ । “प्रधानाङ्गको अगुवाइमा परम्परागतरूपमा चल्दै आएको जात्रा केही वर्षदेखि रोकिएपछि भिन्तुना ग्रुपको अगुवाइमा मनाउँदै आएका छौँ”, उनले भने, “सबै मिलेर पुनः शुरु गरेको यो दशौँ पटकको जात्रा हो ।”
पनौती नगरपालिकाअन्तर्गत जात्रा तथा पर्व मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले सामूहिकतामा जोड दिएर नगरभित्र व्यवस्थित गर्दै मनाइँदै आएको जात्रामध्येको सङ्कटा जात्रा पनि एक भएको बताए। नगरभित्र मनाइने जात्रा नगरको सांस्कृतिक, धार्मिक र परम्परागत पहिचानको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेकाले नगरपालिकाकै समन्वयमा व्यवस्थापन समिति नै गठन गरी जात्रा मनाउँदै आएको उहाँको भनाइ छ ।
उनका अनुसार वर्षमा ६६ वटा जात्रा तथा पर्व मनाइने गरिन्छ । नगरपालिकाले जात्रा तथा पर्व मनाउनलाई वार्षिक रु ३५ लाख बजेट छुट्याउँदै आएको छ । “जात्रालाई व्यवस्थित गरी मनाउनका लागि नगरपालिकाले छुट्याएको बजेटबाट जात्रामा समुदायको उपस्थिति र लाग्ने खर्चको आधारमा व्यवस्थापन गरी जात्रा तथा पर्व मनाउँदै आएका छौँ”, उनले भने, “जात्रामा रमाइलो हुनेभएपछि सङ्कटा जात्रामा पनौतीका चेलीबेटीहरुको उपस्थिति धेरै हुने गरेको छ ।”
क्याटेगोरी : समाचार
ट्याग : ##सङ्कटा जात्रा सम्पन्न, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्