Techie IT
शनिबार, फागुन ३०,२०८२

नेपाल बाल संगठन संखुवासभामा चापागाईं निर्वाचित


नेपाल बाल संगठन जिल्ला कार्यसमिति संखुवासभाको सभापतिमा सन्तोष चापागाईं निर्वाचित हुनुभएको छ ।

खाँदबारीमा  शनिवार  भएको संगठनको प्रथम जिल्लासभाबाट चापागाईं सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।


प्रथम जिल्ला सभाबाट बाल संगठनको कार्यसमितिको सदस्यहरुमा टंक रोक्का, सुबोध खतिवडा, कमल सापकोटा, खेवाहाङ मेवाहाङ, चुडादेबी श्रेष्ठ, बिनिता पोखरेल र यम बराइलि निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सभा संगठनका तदर्थ जिल्ला कार्यसमिति सभापति सन्तोष चापागाईंको अध्यक्षता र जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय संखुवासभाका सहायक  प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार बुढाथोकी लगायत जिल्लाका अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।


जिल्लासभालाई सम्बोधनगर्नु हुदै जिल्ला समन्वय समिति संखुवासभाका उपप्रमुख अम्बिका खवासले बालबालिकालाई बाल हिंसामा पर्न नदिनका लागि नेपाल बाल संगठनले महत्वपूर्ण भूमिका खेल्न जरुर रहेको बताउनुभयो । बालबालिकालाई अधिकारको क्षेत्रमा उन्मुक्त गराउनका साथै कर्तब्य र दायित्वमा सुसुचित गराउन र संबिधानले व्यवस्था गरेको मौलिक हक अन्तर्गत रहेर कर्तब्य सहितको न्यायोचित अधिकारलाई सुनिश्चित गर्नका लागि संगठनको महत्वपूर्ण भूमिका रहनुपर्ने उहाको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल बाल संगठन संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्