बरु एमाले छाड्न तयार तर बालुवाटारमा हुने पार्टीका बैठकहरूमा सहभागी नहुने : माधव नेपाल
काठमाडौं, १४ चैत । एमालेका वरिष्ठ नेता माधव नेपाल बालुवाटारमा हुने पार्टीका बैठकहरूमा सहभागी नहुने भएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका नेता नेपालले पार्टीका कार्यक्रमहरू बालुवाटारमा नराख्न सुझाव दिएका छन् । उनले पार्टी कार्यालय वा संसदीय दलमा राख्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
नेपाल निकट मानिने एमालेका नेता जगन्नाथ खतिवडाले बालुवाटारमा हुने बैठक र कार्यक्रममा जान नसकिने बताए । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, ‘माधव नेपालज्यूले पार्टी वा संसदीय दलको कार्यालयमा बैठक राख्न अनुरोध गर्नुभएको छ । बालुवाटारको बैठकमा जानु हुँदैन । बरु पार्टीले कारबाही गरे भोग्न तयार छौँ ।’
नेता नेपालले पार्टीले कारबाही गरे पनि आफू बालुवाटरमा हुने बैठकमा नजाने कुरा सुनाएको खतिवडाले बताए । नेता नेपालले बालुवाटारमा नजाने बताउँदै आएका छन् । शुक्रबार पनि नेपाल बालुवाटार गएनन् ।
अध्यक्ष ओलीले आफूलाई कारबाही गरे पनि नेपालले बालुवाटारको ढोका नकुल्चने बताउने गरेका छन् ।
ओलीले नेता नेपाल र भीम रावलको स्पष्टीकरणको जवाफसम्बन्धी पत्रप्रति असन्तुष्टि जनाइसकेका छन् । ओलीले नेपाल र रावललाई कारबाही गर्ने योजना बनाएको चर्चा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्