मनकामना केवलकार चैत्र १२ गते बिहीबार बन्द रहने :नायब महाप्रबन्धक शेरचन
सीता पौडेल
गोर्खा ।चितवन कुरीन्टार हुदै गोर्खा मनकामना जाने मनकामना केवलकार सेवा भोली १२ गते बिहीबार एक दिनका लागि बन्द हुने भएको छ ।मनकामना केवलकार दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मत सम्हारका लागि सो दिन बन्द रहने र १३ गतेदेखि पुनः सञ्चालनमा रहने छ । कोरोना भाइस (कोभिड १९)का कारण लामो समयसम्म बन्द भएको केबुलकार सेवा र मनकामना मन्दिर गत मंसिर २८ गतेदेखि सञ्चालनमा आएको नायब महाप्रबन्धक शेरचनले बताए ।


स्वास्थयका मापदण्ड (मास्क, स्यानिटाइजर र सामाजिक दूरी )को पूर्ण पालना गर्ने पहलकासाथमा पुनः सञ्चालनमा आएको मनकामना दर्शन सेवामा पछिल्ले समय दर्शनार्थीको निकै चाप बढ्दै गएको महाप्रबन्धक शेरचनले जानकारी दिए । उनले भने, ‘कोरोना कहरपछि पुनः सञ्चालनपश्चात दर्शनार्थीको संख्या निकै बढेको छ तसर्थ सामान्यतः ९ बजेदेखि सञ्चालन हुने केवलकार सेवा भीडभाडको बेला साढे ६ बजेबाट नै सञ्चालन गर्न थलिएको छ ।
विशेषत देवीलाई भोग नढाइने औसी जस्ता दिनहरुमा दर्शनार्थीको चाप कम हुन्छ । सरदर दैनिक १५ सय देखि २ हजारको संख्यामा दर्शनार्थीहरु आउने गरेको पाएका र्छौ , दशैजस्त विशेष अवसरमा भने यो संख्यामा बृद्धि भइ झण्डै ४ हजारदेखि ४५ सयसम्म पनि पुग्ने गरेको छ । ’धरै चाप भएको बेलामा पनि करिब २ देखि साढे तीन घण्टाभित्रमा दर्शन गरेर सकिने व्यवस्था मिलाएको नायब महाप्रबन्धक शेरचनको भनाइ छ ।
मनकामना दर्शन प्रालिद्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो । कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशनका उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रतिसेकेन्ड रहेको छ । ६ जना व्यक्ति प्रतिडब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्ने प्रालिले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## एक दिन बन्द रहने, ##मनकामना केवलकार, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्