सामुदायिक रेडियोलाई जिम्मेवार ,जवाफदेही र पारदर्शाी बनाउन आवश्यक :मन्त्री पार्वत गरुङ्ग
सीता पौडेल
काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोलाई, जिम्मेवार ,जवाफदेही र पारदर्शाी बनाउनु पर्ने आवश्यक्ता रहेको बताएका छन् ।मिडियलाइ राजनीतिक तथा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुने भन्दै मन्त्री गुरुङ्गले सामुदायिक रेडियोहरुलाई समुदायप्रति उत्तरदायी बन्न आग्रह समेत गरेका छन् ।
सोमबार सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब )नेपालको २० औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सामुदायिक रेडियो, नीतिगत बहस’ विषयक अन्तक्रिया गोष्ठीलाई सम्बोधन गदै मन्त्री गरुुङ्गले केही सामुदायिक रेडियोले समाजमा सकारात्मक परिवर्तनका विषय भन्दा राजनीतिक प्रचारका विषयलाई प्राथमिकतामा राखेर प्रशारित भएकोमा मन्त्रालयको आपत्ति रहेको बताए ।

कतिपय सामुदायिक रेडियोले स्थापनाको उद्देश्यलाई प्राथमिकतामा नराखी कार्यक्रमहरु प्रशारण गरेको पाइएकाले यसका विषयबस्तुबारे समिक्षा गर्नु पर्ने टडकारो आवश्यकक्त रहेको उनको भनाइ छ। साथै उनले रेडियो फिक्वेन्सीमा देखिएको समस्या समाधानका लागि अब छिट्टै ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ ल्याइने कुराको स्पष्ट पारे ।
२०५७ साल चैत ९ गते सामुदायिक रेडियोको हकहितका लागि स्थापना भएको छाता सङ्गठन अकोराबमा अहिले ७७ वटै जिल्लाका ३६० सामुदायिक रेडियो आबद्ध छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##अकोराब )नेपालको २० औँ स्थापना दिवस, ##मन्त्री पार्वत गरुङ्ग, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्