नक्कली नोटको कारोबारमा संलग्न चार जना पक्राउ
चितवन । चितवन प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्बर १ बसपार्कमा रहेको पसलहरुमा केही व्यक्तिले नेपाली नक्कली नोट दिइ सामान खरीद गरीरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नंम्बर ८ बस्ने २९ बर्षीया देवेन्द्र राई, सोही ठाउँ बस्ने १९ बर्षीया पवन राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नंम्बर १३ बस्ने २८ बर्षीया विश्ववराम राई र २४ बर्षीया राजाराम दनुवारलाइ पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको हो । उनीहरुलाइ चैत ६ गते राती साँढे आठ बजे नारायणगढबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक हजार रुपैयाँ दरको अठहत्तर थान नेपाली नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गरिने दुइ थान ल्यापटप, एक थान कार्डरिडर, दुइ थान प्रिन्टर (फोटोकपी मेसिन), एक थान हार्डडिक्स, एक थान प्रिन्टर, नक्कली नोट छाप्नको लागि प्रयोग भएको A4 साइजको फोटोकपी पेपर पाना-२४ र एउटा A4 पेपरमा नेपाली एक हजारको दरका नोट अगाडी पछाडी छापिएको पेपर एक थान सहित पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
उनलेे भने, हामीलाई विशेष सूचना प्राप्त भएपछि हाम्रो टोली त्यसतर्फ मुभ भयो, सुरुमा हामीले काभ्रेका देवेन्द्र राइ र पवन राइलाइ नेपाली नक्कली नोटसहित पक्राउ गरेका थियौं, पछि प्रारम्भिक अनुसन्धानको क्रममा नक्कली नोट बनाउने कार्यमा संलग्न सिन्धुपाल्चोक मेलम्ची नगरपालिका बस्ने विश्वलराम राई र राजाराम दनुवारलाई समेत पक्राउ गर्न हामी सफल भयौं ।
पक्राउ परेका व्यक्तिहरू उपर संगठित अपराध तथा निवारण ऐन, २०७० अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको (एसपी) अधिकारीले बताए । पछिल्लो समय नेपालमा नक्कली नोटको बिगबिगी बढ्दै गएकोले त्यसतर्फ सतर्क रहन समेत नेपाल प्रहरीले सर्वसाधारणलाइ अपिल गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्