Techie IT
बिहीबार, फागुन २८,२०८२

गोंगबू गेस्ट हाउसमा भेट्न बोलाइ भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने संगीता शाह सहित तीनजना पक्राउ


हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबू बस्‍ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्‍ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्‍दै आएका शंकर खनाल रहेका छन् ।

यी गिरोहले बुढानिलकण्ठ -१०  कपन र इमाडोल बस्‍ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामा सँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको प्रहरीले जनाएको छ ।

त्यस्तै ति पुरुषहरु बाट शंकर खनालको नाममा भिडियो देखाएर पटक पटक गरेर रु ८ लाख अशुलेको प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #भिडियो खिचेर ब्ल्याकमेलिङ


तपाईको कमेन्ट लेख्नुहोस्