Techie IT
बुधबार, चैत्र १२,२०८१

नेपाल-अमेरिकाबीचको सैन्य सम्बन्धलाई व्यवस्थित बनाउनु पर्छ : रक्षामन्त्री पोखरेल


काठमाडौं, श्रावण २२। उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिका विचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढंगले कार्यक्रममा आधारित बनाउनु पर्ने बताएका छन्।

आफुलाई भेट्न आएका अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए ।

भेटमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसीप प्रोग्राम’ सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिएको बताए ।

अमेरिकी सेनाका इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए ।

नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालिम प्रभावकारी भएको भन्दै विश्वशान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताए ।

भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545