विचार र आचरणमा एकरूपता ल्याउन नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को २ दिनेआवासीय प्रशिक्षण तालिम शुरु
चैत्र ८ ,काठमाडौ
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को आवासीय प्रशिक्षण शुरु भएको छ। आवासीय प्रशिक्षण तालिमको उद्घाटन नेपाल सरकारको उप प्रधानमत्री इश्वर पोखरेलले गरेका थिय्र कृषि विकास बैंक भक्तपुरको प्रशिक्षण केन्द्रमा भैरहेको कार्यक्रममा क्षेत्र नं ५ का ७० जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।
चैत्र ८ र ९ गते दुई दिन चल्ने आवासीय प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले वर्तमान राजनीतिक अवस्थाका वारेमा र समृद्ध नेपाल सुखी नेपाली भन्ने प्रधानमत्री केपी शर्मा ओलीको सोचलाई सम्पूर्ण नेपाली को विचार आचरणमा एकरूपता ल्याउन यस किसिमका प्रशिक्षण लाभदायी हुने भन्दै आयोजकको प्रशंशा गरेका थिए।
पार्टी संगठन निर्माण र परिचालन ,जन संगठन निर्माण र परिचालन ,संचारको भूमिका र समन्वय ,वर्तमान राजनीतिक अवस्था र हाम्रो भूमिका ,नेपालको संघीय शासन प्रणाली र जनताको बहुदलीय जनवाद र शुखी नेपाली समृद्ध नेपाल लगायतका विषयमा हुने प्रशिक्षणमा रामशरण प्याकुरेल, कृष्ण राई,नारायण सिलवाल , योगमाया सापकोटा ,दीपक निरौला,अनुप पौडेल र मिलन धरेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन।

त्यस्तै कार्यक्रमको जानकारि दिँदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ का संयोजक दिपक निरौलाले क्षेत्रमा संगठन निर्माण ,विस्तार र परिचालनका लागि ठोस योजना निर्माण गर्न आवासीय बैठक आयोजना गरिएको बताएका थिए। यस आवासीय प्रशिक्षण बाट जनप्रतिनिधि हरू उत्साहित भयर आफ्नो क्षेत्र मा सम्पूर्ण जनता लाई विचार र आचरणमा एकरूपता ल्याउन सहयोग गर्ने बताएका छन्l
क्याटेगोरी : समाचार
ट्याग : #camera ;samyog niraula, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्