Techie IT
शुक्रबार, कात्तिक २९,२०८२

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा


झापा। पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम जम्मा भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्न र उनिहरुको क्षमता विकास गर्न प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले विसं २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको बताइएको छ ।

सोही अक्षयकोषका लागि आज बिहिवार सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु ५१ हजार १सय एक रुपैयाँ प्रदान गरेका छन् । दुवैले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उनीहरुले महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको बताए ।

संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायतका अवसरका कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए ।संस्थाले पाँच वर्षमा रु २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##नारी सञ्चार प्रोत्साहन अक्षयकोष


तपाईको कमेन्ट लेख्नुहोस्