नागार्जुनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण
सीता पौडेल ,
काठमाडौं। काठमाडौंको कपुरधारा सामाखुशीमा अवस्थित राष्ट्रिय अपङ्गगता पूर्नस्थापना केन्द्र नेपालको आयोजना,नागार्जुन नगरपालिकाको महिला तथा बालबालिका शाखाको समन्वय र बाग्मति प्रदेश सामाजिक विकास मन्त्रालयको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण गरेको छ ।
केन्द्रले हालै एक कार्यक्रमको आयोजना गरि नागार्जुन नगरपालिकाभित्र बसोबास गर्ने १४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु वितारण गरेको नगर उप–प्रमुख शुसिला अधिकारीले बताइन् । अपाङ्गगता भएका व्यक्तिहरुको आवश्यक्ततालाई मध्येनजर गरेर विभिन्न खालका सहयोगी सामाग्री वितरण गरिएको उप–प्रमुख अधिकारीको भनाई छ ।
अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमा सहजता ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस्ता सहयोगी सामाग्री वितरण गरिएको राष्ट्रिय अपङ्गगता पूर्नस्थापना केन्द्र नेपालका अध्यक्ष राम प्रसद ढुङ्गानाले बताए । केन्द्रले कम्बोट चेयर १५ वटा , हृविल चेयर १० वटा, कम्मर वेल्ट १७ वटा , हट व्याग २१ वटा , लठ्ठी १६ वटा , डाइफर १० वटा, वैशाखी र वाकर जस्ता सहयोगी सामाग्री वितरण गरेको केन्द्रका प्रतिनिधि लक्ष्मी आचार्यले बताइन् ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##राष्ट्रिय अपङ्गगता पूर्नस्थापना केन्द्र नेपाल, ##सहयोगी सामाग्री वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्