राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।
कांग्रेस शिक्षा विभागले तयार पारेको ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि कांग्रेसले संयोजक समेत तोकेको छ । विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिंजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा .महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ ।
तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको शिक्षा विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##राष्ट्रिय शिक्षा नीति #छलफल, #breaking, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्