म्याग्दीको पुनहिलमा दृश्य अवलोकन स्थलसहितको आश्रयस्थल निर्माण
सीता पौडेल , काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकन स्थलसहितको आश्रयस्थल निर्माण भएको छ ।
समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा तीन कोठे भवन निर्माण गरिएको हो । भ्रमणमा आउने पर्यटकको सुविधाका लागि रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । पानी र हिउँ पर्दासमेत सुरक्षित तरिकाले दृश्यावलोकन गर्ने भूमिगत दृश्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाइएको अध्यक्ष पुनले बताए ।
सरकारले पुनहिललाई पर्यटकीय गन्तव्यको १०० नम्बर सूचीमा राखेको छ । आश्रयस्थलको चारैतिर गुराँसे जङ्गलको बीचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ«े मनास्लु, लगायत २० वटा हिमाल र सूर्योदयको अवलोकन गर्न सकिने अध्यक्ष पुनले जानकारी दिए ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : ##पुनहिल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्