Techie IT
शुक्रबार, कात्तिक २९,२०८२

सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्वाचित


सीता पौडेल,  काठमाडौं । सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराबं) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् ।

काठमाडौंको दरबारमार्ग स्थित यल्लोप्यागोडा होटलको सभाहलमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनबाट विजयी गरीले एक सय ६९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ ल्याएका थिए । खसेका मतमध्ये तीन मत बदर भएको बताइएको छ ।

 

अधिवेशनबाटै अकोराबले  ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् ।

भने महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चयन भएका छन् । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मतिले चयन भएको नव निर्वाचित अध्यक्ष अर्जुन गिरीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ##अकोराब, ##अध्यक्षमा अर्जुन गिरी निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्