मुलुकलाई विकास र समृद्धिको बाटोमा डो¥याउन सुरक्षा निकायको भूमिका अपरिहार्य :प्रधानमन्त्री
सीता पौडेल ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा डो¥याउन सुरक्षा निकायको भूमिका अपरिहार्य रहेको बताउनु भएको छ ।
बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको सफल कार्यान्वयनमार्फत जनताद्वारा प्रतिबिम्बित विषयहरूलाई सम्बोधन गर्दै जाने गरि सरकार अगाडी बढेकाले शान्तिपूर्ण ढंगले मुलुकलाई विकास र समृद्धिको बाटोमा डो¥याउन सुरक्षा निकायको भूमिका उत्तिकै अपरिहार्य रहेको बताउनु भयो ।
आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाइमा प्रवेश गरेको बताउनु बताउनुभएको छ।
साथै सुरक्षा, सेवा र निर्माणसम्बन्धी कामलाई समुचित र व्यवस्थित तवरले अघि लैजाने कुरामा सुरक्षा परिषद्ले गहन भूमिका निर्वाह गर्ने छ भन्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सव, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्