Techie IT
शुक्रबार, फागुन २९,२०८२

६ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं । अघिल्लो दिन (मंगलबार ) घटेको सुनको भाउ आज बुधबार तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको भाउ   ६ सय रुपैयाँले नै घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ रहेको छ ।

साथै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##सुनको भाउ बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्