मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार
मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी वाग्मतीमा हाल्नुभएपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ ।
नदीमा जमेको कालो लेदो वाग्मतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । वाग्मतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन । यही फागुन २६ गतेदेखि मेलम्चीको पानी बहाव बढाएर पशुपतिसम्म स्वच्छ बनाउने योजना रहेको प्रधामन्त्री ओलीले कार्यक्रममा सुनाउनुभएको थियो ।
सुरुङ नभरिएसम्म पानी नबढाइने मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर बर्मलाल राजभण्डारीले जानकारी दिनुभयो । वर्षामा आकाशको पानीले वाग्मती भरिने गरे पनि हिउँदमा नदी कुलोमा सीमित हुन्छ । सुन्दरीलबाट उपत्यकामा खानेपानी ल्याइएपछि वाग्मतीमा थोरै पानी बग्ने गरेको छ । हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन । नदी सफा बनाउन पानीको बहाव बढाइनुपर्ने आवाज उठे पनि पूरा हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वाग्मतीको बहाव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्