रोटरी क्लब अफ काठमाडौं नर्थद्धार चेपाङ बालबालीकाहरुलाई सहयोग

गोर्खा । रोटरी क्लब अफ काठमाडौं नर्थले गण्डकी गाउँपालिका –७ घ्याल्चोक , बेलटारमा रहेको प्रजा ज्योति प्राथमिक विद्यालयका चेपाङ बाल बालिकाहरुलाई स्कुल ब्याग , ट्रयाकसुट र शैक्षिक सामाग्रीहरु वितरण गरेर सहयोग गरेको छ । शुक्रबार रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष रोटरीयन गौतम प्रसाद खनाल, क्लबका पूर्व अध्यक्ष रोटरीयन बलराम राई लगायत क्लबका अन्य पदाधिकारिहरुले प्रजा ज्योति प्र.वि.,गोर्खा बेलटार मै गएर एक कार्यक्रमकाबीच उक्त सहयोग गरेका हुन ।
पुर्व प्राथमिक तहदेखि कक्षा तीनसम्मका ७५ जना बालबाललीकाहरुका लागि क्लबले सहयोग स्वरुप प्रतिव्यक्ति एक / एक वटा स्कुल ब्याग ,ट्रयाकसुट , १०/१० वटा कापी , पेन्सिल र इरेजर गरि १६ सय अमेरिकन डलर अर्थात झन्डै रू एक लाख ८० हजार रकम बराबरका उक्त सामाग्रीहरु बलबालीकाहरुकै हातमा हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष खनालले करिब १ सय ६० घरधुरी रहेको चेपाङ बस्तीका ती बाल बालिकाका बावुआमाहरु दैनिक रुपमा मजदुरी गर्ने र आर्थिक अवस्था निकै कमजोर रहेकाले किताब कापी त परै जाओस् समयमा खान समेत नपाउने हुँदा पढ्नै नआउने र आइहाले पनि भोकै र फाटेको लुगा लगाएर आउने भन्ने जानकारी प्राप्त भएपछि सहयोग गर्नु रोटरीको धर्म सम्झेर उनिहरुलाई स्कुल आउने हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।
कार्यक्रममा मानवीय सेवा रोटरीको धर्म हो भन्दै क्लबका पूर्व अध्यक्ष बलराम राइले यी साना कोपिलाहरुलाई फुल्ने र फल्ने वातावरण तयार गरिदिनु सबैको दायित्व रहेकोले आफ्नो क्लबले थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गदै सहजीकरणमा सहयोग गर्ने स्कुलकी प्रधानाध्यापक निर्मला अर्याल लगायत स्कुलका चारै जना शिक्षक शिक्षिकाहरुप्रति आभार प्रकट गरे ।
२०७२ सालकोे भुकम्पले क्ष्यति भएको उक्त स्कुलको डीएलपीआइको सहयोगमा चार कोठे पक्की भवन निर्माणाधिन अवस्थामा छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##चेपाङ बाल बालिकाहरुलाई सहयोग, ##बेलटार, #रोटरी क्लब अफ काठमाडौं नर्थ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्