सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्दै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले नेपाली काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनोस् भन्नुभयो ।
अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता हो भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्