प्रतिनिधिसभा पुनःस्थापना : के हुन्छ संवैधानिक नियुक्ति ?
काठमाडौं, १३ फागुन । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै एउटा प्रश्न उब्जिएको छ– संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्ति के होला ? प्रतिनिधिसभा विघटनका कारण संसदीय सुनुवाइबिनै ती पदाधिकारीको नियुक्ति भई उनीहरूले शपथ लिएर पदबहाली गरेका थिए।
संवैधानिक परिषद्को मंसिर ३० गते बसेको निर्णयअनुरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा पदाधिकारी सिफारिस भएपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। अध्यादेशमार्फत ३२ जना पदाधिकारी सिफारिस भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, वीरभद्र जोशीलगायतले दायर गरेका भिन्नाभिन्नै रिट संवैधानिक इजलासमा सुनुवाइका क्रममा छन्।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले यो विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेकाले निर्णय पर्खनुपर्ने बताए। ‘यो विषय विचाराधीन छ। लिखित जवाफ माग भई अग्राधिकार प्रदान गरिएको छ। संसद् आइसकेको अवस्था पनि छ। समग्र विषयमा अब संवैधानिक इजलासले टुंगो लगाउनेछ,’ प्रवक्ता रेग्मीले अन्नपूर्ण पोस्ट्सँग भने। रेग्मीले अहिल्यै यही हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने स्थिति नरहेको बताए। संसदीय सुनुवाइ गर्ने समय सीमा सकिएको अवस्थामा नियुक्ति भएको पनि उनले बताए।
रिट निवेदकको पक्षमा बहस गर्ने एक अधिवक्ताले प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा पुस ५ गतेदेखि नै निरन्तर मानिनुपर्ने बताउँदै सुनुवाइ बाध्यकारी हुने बताए। ‘संसद निरन्तर चालु छ। सर्वोच्चले १३ दिनभित्रै अधिवेशन बोलाउन परमादेश दिइसकेको छ। अब कि संसदीय सुनुवाइ प्रक्रियामा या नयाँ प्रधानमन्त्री अध्यक्ष रहने पूर्ण पदाधिकारीसहितको संवैधानिक परिषद्ले नै सिफारिस स्थगन गर्ने अवस्था आउन सक्छ’, ती कानुन व्यवसायीले भने, ‘यसमा सभामुखको भूमिकाले पनि फरक पार्छ।’
तर, विघटन बदर भइसकेको अवस्थामा संसदीय सुनुवाइसँग जोडिएको यो विवादमा के गर्ने भनेर सर्वोच्चले मार्गनिर्देश गर्नेछ। यी विवादलाई चाँडो निष्कर्षमा पुर्याउन संवैधानिक इजलासले रिटलाई प्राथमिकता प्रदान गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संवैधानिक नियुक्ति ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्