बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि कांग्रेस कार्यकर्ताको आक्रमण प्रयास
सिन्धुपाल्चोक । सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्न हिँडेका बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमण प्रयास गरेका छन् ।
काठमाडौंबाट बाह्रविसे जाँदै गरेका शेर्पालाई जुरेपहिरो गएको स्थानमा जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् ।
पहिरोमा फसेको गाडी पार गराउने विषयमा कांग्रेस कार्यकर्ता र मेयरबीच सामान्य भनाभन भएको थियो । भनाभनकै बीचमा कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेको शेर्पाले बताए ।
‘पहिरोमा फसेको गाडी मैले नै तानेर निकाल्नुपर्छ भनेर जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले निउँ खोजे ।’ शेर्पाले भने, ‘त्यतिकैमा स्थानीय बालकृष्ण बस्नेत नेतृत्वको कांग्रेस समूहले ममाथि आक्रमणको प्रयास गर्यो ।’
बस्नेत स्थानीय तह निर्वाचनमा शेर्पाका प्रतिस्पर्धी थिए । कांग्रेस कार्यकर्ताले आफूलाई ज्यानमार्ने धम्की समेत दिएको शेर्पाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #बाह्रविसे नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्