सुत्केरी व्यथा लागेको चौध घण्टापछि उद्धार
हिमाली जिल्ला हुम्लामा सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको चौध घण्टापछि उद्धार गरिएको छ ।आइतबार विहानैदेखि सुत्केरी व्यथाले थला परेकी ती गर्भवती महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापको ८ महिनाको भएको तर समय नपुग्दै व्यथाले चापेपछि आमा र गर्भमा भएको वच्चाको स्वास्थयको लागि हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए।
जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथाले च्यापेपछि उनलाई स्वास्थ्यचौकीमा ल्याइएको र खार्पुनाथ गाउँपालिका १ देउखुरीबाट उद्वार गरिएको हो ।
स्टे«चरमा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटामा बेस्सरी पेट दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकप्टरको व्यवस्था गरेको अनमी बोहोराको भनाई छ ।
व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । थापाको उद्धारका लागि प्रयोग भएको हेलिकप्टरको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिने त्यहाँका प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
पछिल्लो समय विकट स्थानमा सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीहरुको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गर्भवती, ##हुम्ला, #चौध घण्टापछि उद्धार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्