शान्तिसुरक्षालाइ नियन्त्रणमा लिन कुनै कसुर बाकी राख्दिनँँ – एसपी अधिकारी
चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम गर्न आफुले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
आज (बिहीबार) यहाँका पत्रकारहरुसँग कुराकानी गर्दै (एसपी) अधिकारीले आफुलाइ नेपाल सरकार र विद्यमान ऐन कानुनले उपलब्ध गराएको जिम्मेवारीलाइ अक्षरंश पालना गर्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढाउने बताएका हुन् ।
यहाँका पत्रकारहरुसंग गरिएको अन्तरक्रियाका क्रम्मा (एसपी) अधिकारीले जिल्लाको शान्तिसुरक्षा कायम राख्न आफुले कुनै कसुर बाँकी नराख्ने बताउदै आफु गफ भन्दा पनि काममा बढी केन्द्रित हुने बताए ।
वाग्मती प्रदेशभर गरिएको मुल्यांकनका क्रम्मा चितवन जिल्ला शान्तिसुरक्षाको दृष्टिकोणले समेत अत्ति नै चुनौतीपुर्ण रहेकोले प्रहरीको जनशक्ति कम भएपनि त्यसको बाबजुद आम नागरिकलाई सुरक्षा दिन आफु पछि नहट्ने बताए । आफु आइसकेपछि जिल्लामा अवैध रूपमा खोलानालामा उत्खनन हुनुका साथै, होटलहरुमा समेत यौनधन्दा हुने गरेको भन्ने सूचना प्राप्त भएको भन्दै त्यसको बुझ्ने समेेत कार्य भइरहेको उनलेे बता। साथै, उनलेे त्यस्ता अवैध कुनै गतिविधि भए वा प्रहरी कर्मचारीका बारे कुनै कमी कमजोरी भए सूचना दिएर सहयोग गर्न समेत सबैमा अपिल गरेका छन् । एसपी अधिकारी गत, फागुन २ गते जुनियर प्रहरी शिक्षालय तालिम केन्द्र भरतपुरबाट चितवनको प्रहरी प्रमुखको रूपमा आएका हुन् । यसअघि उनले गोर्खाको प्रहरी प्रमुखका रूपमा समेत काम गरिसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्