महाधिवेशन र आन्दोलनबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

१४औँ महाधिवेशन र आन्दोलनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने बताए । बैठकमा १४औं महाधिवेशनबारे छलफल हुने उनले बताएका छन ।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । महाधिवेशन यसअघि तोकिएको मितिमा संभव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ । फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ ।
कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेको छैन । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्