उपत्यकामा ट्राफिक स्वयंसेवक परिचालन

काठमाडौँ, ०४ फागुन ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० जना ट्राफिक स्वयंसेवकलाई १० दिनसम्म दिनसम्म परिचालन गरेको हो । सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन अन्तरगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा हिजो देखि बिहान ९ देखि ११ र साझ ४ देखि ६बजे सम्म पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रवाह गर्नेछन् ।
स्वयमसेवक परिचालनबाट ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस भएको र आम सडक प्रयोगकर्तालाई सहजता मिलेको र व्यस्त सडकमा ट्राफिक बनेर काम गर्दाको नौलोपना सामाजिक काम गर्न पाएकोमा खुसी लागेको सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपानेले बताए । आजको स्वयंसेवक परिचालनमा अध्यक्ष न्याैपाने सहित समाजसेवी राजेन्द्रमान जोशी ,शर्मिला खनाल र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्