काभ्रेस्थलिमा रहेको बिराट सनातन धर्मसंस्कृति विधापिठ गुरुकुलको आठौं बार्षिक उत्सव
तिर्थप्रसाद ढकालद्वारा रचित कविता सङ्ग्रह ‘नीति ज्ञान ज्योती’ विमोचन
विक्रम सम्वत २०१९ मा स्थापित श्री काभ्रेस्थली प्रा. बि देखि मा.बि सम्मकाे प्रधानाध्यापककाे जिम्मेवारी निभाउदै आउनुभएका गुरु तिर्थप्रसाद ढकालको २०५७ सालबाट शिक्षण पेसाबाट अवकाश पश्चात कविता सङ्ग्रह “नीति ज्ञान ज्योति “को बिमाेचन २०७७ फागुन १ गते,तारकेश्वर नगरपालिका -२ काभ्रेस्थलिमा रहेकाे श्री बिराट सनातन धर्मसंस्कृति विधापिठ गुरुकुलकाे बार्षिक उत्सवकाे उपलक्ष्यमा विमोचन भएको छ साथै उहाँले पुस्तक बिक्रिबाट प्राप्त आर्थिक ,आर्जित सम्पुर्ण रकम श्री बिराट सनातन धर्म संस्कृति विधापिठ गुरुकुलमा अक्षय काेषमा अर्पण गर्ने घाेषणा समेत गर्नुभएकाे छ।

कार्यक्रममा सहभागीहरुले उत्सुकताका साथ गुरुद्वारा रचित पुस्तक सशुल्क लिएर गुरुकुललाई सहयोग गरेका थिए। श्री विराट सनातनधर्मसंस्कृति विद्यापीठ (गुरुकुल)ले आठौं वार्षिकोत्सव तथा पुस्तक विमोचन -२०७७ आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। तिवारीले आफ्नो ठाउँबाट गुरुकुलको भौतिक निर्माणका निम्ति सहयोग गर्ने प्रतिबद्धता गार्नुभएको थीयो । त्यस्तै,गुरु तिर्थप्रसाद ढकालले सरस्वतीको फोटोमा माल्यार्पण गर्नुभएको थियो।कार्यक्रममा गुरुकुलका बटुकहरुले वैदिक स्वस्ती वाचन गर्दा उपस्थित सबै नतमस्तक भएका थिए।

तार्केश्वर नगरप्रमुख रामेश्वर बोहराले विधालयलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो।उहाँले गुरुकुलको भौतिक विकासका निम्ति अझ धेरै सहयोगको खाचो रहेको बताउनुभयो। विशिष्ट अतिथी तार्केश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले ३५ बटुक आवासिय रुपमा रहिआएका र उनिहरुलाई गुरुकुलिय वातावरणमा निशुल्क पठनपाठन गराईदै आएको बताउनुभयो ।
सोही अबसरमा अक्षय कोष स्थापना गरेर मन्दिर निर्माण, अतिथी गृह लगायतका कार्यका निम्ति सोही सस्थाका अध्यक्ष लक्ष्मीराज चापागाईंले नगद रु एक लाख दिने घोषणा गर्नुभयो।

क्याटेगोरी : समाचार
ट्याग : #बिराट सनातन धर्मसंस्कृति विधापिठ गुरुकुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्