माओवादी समूहभित्र पहिरो जाँदैछ : टोपबहादुर रायमाझी
उर्जामन्त्री एवं नेकपाका प्रभावशाली नेता टोपबहादुर रायमाझीले प्रचण्डभित्र पूर्व माओवादी समूहका धेरै नेता कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउन लागेको बताउनुभएको छ ।
प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले पूर्व माओवादी समूहभित्र पहिरो जान लागेको बताउनुभएको हो ।
उहाँले उक्त समूहले गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको बताउनुभयो ।
ओली नेतृत्वको नेकपाबाट पूर्व माओवादीका दुई मन्त्री हामीतिरै आउँदै छन् भनेर प्रचण्डले कूप्रचार गरेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो ।
मूलधारबाट जाने नभइ मूलधारतिर फर्कनेको संख्या बढेको उहाँले बताउनुभयो । उहाँले प्रचण्ड–माधवलाई छाडेर स्थायी कमिटीका आधा दर्जन नेतासहित ठुलो संख्यामा साथीहरू मुलधारको नेकपामा आउने तयारी भएको समेत बताउनुभयो ।
मन्त्री रायमाझीले भन्नुभयो – ‘यतिसम्म भ्रम छर्नुभयो कि लौ ओलीले बनाएका २ जना पूर्व माओवादीतर्फका मन्त्री आउँदै छन्, बरू म भन्छु कतिपय स्थायी कमिटीका साथीहरूसँग मेरो कुरा भएको छ उहाँह – मूलधारमा आउन खोज्दै हुनुहुन्छ, हेर्दै गर्नुस् पूर्व माओवादीको गढ भएका ठाउँमा पनि पहिरो जान्छ ।’
पद र प्रतिष्ठामा लागि अन्धो भएको प्रचण्ड समूहका नेताको काम भ्रम छर्ने मात्र भएको उहाँले बताउनुभयो । मन्त्री रायमाझीले भन्नुभयो – ‘उहाँले विचार सिद्धान्त सबै छोड्नुभयो, पद प्रतिष्ठा बाहेक केही देख्नुभएन ।’मन्त्री रायमाझीले प्रचण्ड समूहलाई चुनावप्रति विश्वास नरहेको बताउनुभयो । ‘ठगेर, ढाँटेर र अलिअलि ठोकठाक गरेर, ढुंगामुढा गरेर खाने बानी परेका हाम्रा साथीहरूलाई चुनावप्रति विश्वास छैन, त्यसैले उहाँहरू चुनावसँग डराउनु भएको छ ।’
देश चुनावमा होमिसकिएको भन्दै उहाँले प्रतिपक्षी कांग्रेस र मधेसवादी दल चुनावका लागि तयार रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोपबहादुर रायमाझी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्