तारकेश्वर साङ्गलामा फेरी १४०० हाँसमा बर्ड फ्लू भेटियो (फोटोफिचर)
तारकेश्वर काठमाडौ । तारकेश्वर साङ्गलामा पुन बर्ड फ्लू देखिएको छ । वडा नं १ स्थीत साङ्गलेखोला छापका किसान प्रलाद तामाङ्ग र उनका छोरा सुमन तामाङ्गले पालेको हाँस एवं कुखुरामा बर्ड फूलु देखिएको पशु सेवा बिभागका चिकित्सक अर्जुन अर्यालले बताए ।
अर्यालका अनुसार केहि दिन अघि सोही स्थानका कुखुरालाई त्रिपुरेश्वरको ल्यावमा चेक गर्दा हिजो बेलुकी बर्ड फ्लू पत्ता लागेको र हाल र्यापिड रेस्पोन्स टिमले १४०० हाँस र ४२ वटा कुखुरा नष्ट गरिएको बताए ।
पशु चिकित्सक तथा प्राविधिकको टोलीले प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ।
संक्रमित क्षेत्रका कुखुरा र अण्डा बाहेक अन्य क्षेत्रका कुखुरा र अण्डाको स्थानीय बजारमा बिक्रीवितरण खुला गरिएको बताइएको छ ।
केहिदन अघि काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गर्ने निर्देशन गरिएको छ ।


भिडियो हेर्नुहोस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बर्ड फ्लू, #साङ्गलामा फेरी १४०० हाँस बर्ड फ्लू भेटियो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्