खाद्य पदार्थको गुणस्तर मापन गर्ने प्रविधि
हामीले खाने खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर प्रयोग गर्छौँ ।
अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको गुणस्तर कस्तो छ भनेर केही सेकेण्डमै पत्ता लगाउने प्रविधिको विकास भएको छ । बेलायतस्थित हाइजिना अन्तर्राष्ट्रिय कम्पनीले बनाएको ‘हाइजिना’ नाम दिइएको उक्त प्रविधिमार्फत जनसुकै सतह र पानीमा भएको किटाणु पत्ता लगाउन सकिने आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालमा खाद्य पदार्थको गुणस्तर मापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा जनताले गुणस्तर नभएका खाद्य पदार्थ प्रयोग गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय जति अस्पताल निर्माण भएका छन्, बिरामीको भीड पनि उस्तै छ । यसको कारण हामीले कस्तो खानपान गरिरहेका छौँ भन्ने पनि पुष्टी गर्छ ।”
उक्त कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगो गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धीकरणबारे थाहा पाउन सकिने भएकाले होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता संवेदनशील क्षेत्रमा प्रयोग गर्न सकिने बताउनुभयो ।
यस प्रविधि नेपाल भित्र्याएको खिलुङ कालिका गु्रपका प्रमुख खुमाप्रसाद अर्याल यो मेशिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई त्यसलाई सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, खाद्य संस्थान, दुग्ध विकास संस्थानलगायतका प्रतिनिधिले आधुनिक गुणस्तर मापन उपकरणको आवश्यकतामा जोड दिनभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #खाद्य पदार्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्