चार करोड ठग्ने दुई जना पक्राउ
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ ।
ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी आज केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।
ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो ।
को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
चालक लुट्ने तीन पक्राउ
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले धारिलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
प्रभागको टोलीले बिहीबार राति ११ बजे बा२ज २७१३ र बा२ज ३६६९ नम्बरको टक्सीमा यात्रु बनेर धारिलो हतियार देखाई ठगी गर्ने नुवाकोटका १८ वर्षीय कविन परियार, टोखाका २३ वर्षीय राहुल शिल्पकार र झापाका २५ वर्षीय विराज ढकाललाई पक्राउ गरेको हो । जसमा परियार र शिल्पकारलाई बिहीबार बेलुका र ढकाललाई आज बिहान पक्राउ गरेको हो ।
उनीहरुले दुवै ट्याक्सीको चालकलाई बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हेपाली हाइट पु¥याएर चक्कु देखाई मोवाइल र नगद लुटपाट गरको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुसँग नगद रु पाँच हजार ६००, छ थान मोवाइल, एक थान औँठी, तीन थान धारिलो हतियार समेत बरामद गरेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्