मानव सेवा आश्रमका आश्रितलाई निःशुल्क औषधि
मानव सेवा आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३०० व्यक्तिलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले भक्तपुर जिल्लाको कौशलटारमा रहेका ७०, ललितपुरको हात्तीवनमा रहेका ७०, काठमाडौँको सामाखुशीमा रहेका ६५, बूढानीलकण्ठमा रहेका ८० तथा तिनीहरूको हेरचाह गर्ने समेतलाई करिब तीन महिना पुग्ने गरी गुर्जाेबाट बनेको चिया प्याकेट र गुर्जाेसहितको धुलो औषधि हस्तान्तरण गर्नुभयो ।
आश्रितहरूमा मनोवल उच्च पार्न गुर्जाेको चियाको र धुलो औषधि सेवनबाट जवान र पहलपान भएको अनुभूति गराइएको थियो । यसैगरी शनिबार बिहान हनुमन्ते सरसफाइ अभियान र रूद्रमती सफाइ अभियानमा उपस्थितलाई समेत गुर्जाेको चिया सेवन गराउँदै प्याकेट वितरण गरिएको थियो । विसं २०७७ वैशाखदेखि चलाएको गुर्जाेको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ ।
पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जाेको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ ।
गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ । गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मानव सेवा आश्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्