संसद विघटनविरुद्ध भद्रकालीमा पेसाकर्मीको मौन प्रदर्शन
प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ ।
भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन् । सोही क्रममा विरोधस्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा काठमाडाँैको टुँडिखेललाई केही समय मानवसाङ्लो बनाई घेराउ गरिएको थियो ।
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।
उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घसंस्थाको अगुुवाइमा भएको हो । विरोध प्रदर्शन गर्नुअघि ती सङ्गठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेशाकर्मी तथा श्रमिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्