शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण
१७ माघ, काठमाण्डौँ
शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी
दिएका छन ।
प्याफल चोक शहीद गङ्गालालको पुख्र्यौली थलो हो । बाबु आमाको जागीरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उहाँको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ ।
प्याफल चोकमा गङ्गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले सो चोकलार्ई गङ्गालालको नामबाट गङ्गालाल चोक घोषणा गर्नुभयो । शालिक राख्न नभई राम्रो काम गरेर गङ्गालाल शहीद भएकाले त्यही बाटो अनुशरण गर्न उहाँले आह्वान गर्नुभयो । गङ्गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान शहीदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।
यसअघि विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो । यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्