आइफोन प्रयोगकर्ता एक अर्ब नाघे

एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले आफ्नो पहिलो त्रैमासिकको कमाइमा रेकर्ड ब्रेक गरेको द भर्जले बताएको छ।
अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेको एप्पलका सिइओ टिम कुकको भनाइ छ। जसमा आइफोन, एप्पल म्याक, आइप्याड, एप्पल टि।भी, आइपोड र एप्पलको घडी परेको छ।
द भर्जका अनुसार ती उपकरण मध्ये आइफोन बढी बिक्री भएको छ र यसको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको छ।सन् २०२० मा आइफोन प्रयोगकर्ताको संख्या ९० करोड थियो। नयाँ आइफोन १२ को बिक्री बढेसँगै यस वर्ष आइफोन चलाउनेको संख्या ९ प्रतिशतले वृद्धि भएको हो।
‘यो वर्ष चीनमा बढी बिक्री भएका शीर्ष तीन स्मार्टफोन मध्ये आइफोन दोस्रो स्थानमा परेको थियो,’ एप्पलका सिइओ टिम कुक भन्छन्, ‘कयौँले पुराना आइफोन फेरेर नयाँ आइफोन किनेको र एन्ड्रोइड प्रयोगकर्ताले आइफोन प्रयोग गर्न थालेको देखिन्छ। विश्वका हरेक भौगोलिक क्षेत्रमा एप्पलका प्रयोगकर्ताको संख्या बढिरहेको छ।’
सन् २०१६ मा एप्पल उपकरणका प्रयोगकर्ता एक अर्ब थियो। यसैगरी सन् २०१८ मा सो संख्या एक अर्ब आठ करोडले बढेको थियो।विश्वव्यापी बजारमा आइफोनको चर्चा बढेसँगै हरेक वर्ष यसको बिक्री संख्या पनि थप हुँदै जाने छ।
क्याटेगोरी : समाचार
ट्याग : #आइफोन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्