होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी‘न्युजलाइन्स’ सम्मानबाट बिभुषित
काठमाडौं- सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुषित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टमा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन । न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए ।
पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ ।
को हुन आर बि बुढाथोकी ?
रामेछापमा जन्मिएका आर बि बुढाथोकी नेपालको प्रतिष्ठित पाँचतारे होटल होटल सोल्टी प्लाजाका सु सेफ हुन । यस अघि स्वदेश स्थित विभिन्न होटल, रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका बुढाथोकीले कुवेतमा रहेर पनि पाककलामा अभ्यस्त रहेका थिए । खानाको अन्वेषण, खाना सम्बन्धी लेख रचना साथै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्