‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने
काठमाडौं । अब उप्रान्त सेयर राइडिङ्ग ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने भएको छ । हालसम्म सुरक्षा प्रत्याभूतिको सवालमा सडक दुर्घटनाको कुनैपनि जिम्मेवारी नलिएको कम्पनीले पहिलो पटक आफ्ना राइडर कर्मचारी र यात्रु दुबैको सुरक्षाको ग्यारेन्टी गरेको हो ।
दुर्घटना वीमाबारे जानकारी दिँदै पठाओका सञ्चालक अशिमसिंह बस्नेतले नेपालमै पहिलो पटक कम्पनीले सेयर राइडिङ्गमा दुर्घटना वीमाको ग्यारेन्टी लिएको दाबी गर्नुभयो । ‘पठाओले पहिलो पटक यात्रु र राइडर दुबैको जीवन सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टीको शुरुवात गरेको छ ।
यस्तो सुविधा हाम्रा कर्मचारी र सेवाग्राहीलाई दिन पाउँदा हामीलाई निकै खुशी लागेको छ’ पठाओ सञ्चालक बस्नेतले भन्नुभयो, ‘मलाई लाग्छ, सेयर राइडिङ्ग सेवामा यस्तो सुविधा दिने नेपालमै हामी पहिलो कम्पनी हौं ।’ सञ्चालक बस्नेतका अनुसार अब पठाओ प्रयोगकर्ता मोटरसाइकल तथा ट्याक्सी चालक र यात्रु दुबैको अधिकतम ६ लाखको दुर्घटना वीमा हुनेछ । मोटरसाइकलमा सवार राइडर र एक यात्रुको वीमा हुनेछ भने, ट्याक्सीमा एक चालक र पछाडि बस्ने सबै जनाको वीमा हुनेछ ।
त्यसो त गत महिना मात्र पठाओका राइडरहरुले सेयर राइडिङ्गमा जाने यात्रु र चालक दुवैको दुर्घटना वीमा हुनुपर्ने मागसहित ११ बुँदे माग राख्दै कम्पनीबिरुद्ध आन्दोलित भएका थिए । सोही माग बमोजिम कम्पनीले बीमा सुविधा राख्न बाध्य भएको हो ? भन्ने प्रश्नमा सञ्चालक बस्नेतले भन्नुभयो, ‘हामीले कुनै राइडर र आन्दोलनरत पक्षको माग सम्बोधनको नाममा यस्तो सुविधा ल्याएका होइनौं ।
जुन सुविधा हामीलाई नै महशुष भएर मात्र ल्याएका हौं ।’ उहाँले भन्नुभयो, ‘हामीले पहिले नै भनेका थियौं, कम्पनी तोडफोडमै उत्रने ती आन्दोलनकारी हाम्रो कर्मचारी नै होइनन् । ती त हाम्रो विरुद्धमा लाग्ने र कम्पनीको बदनाम गर्न उद्दत रहने अराजक समूहहरु हुन् । त्यस्ता तत्वहरुकोमाग सम्बोधन गर्ने भन्ने त कुरै हुँदैन नि ।’
बस्नेतले भन्नुभयो, ‘यो त हामीले पहिले देखिनै गृहकार्य गरिरहेको विषय हो । यसमा थप अझ के–के सेवा सुविधा थप्न सकिन्छ अहिले कम्पनीले गृहकार्य गरिरहेको छ’ बस्नेतले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्