अध्यात्मको अनुशरणले जीवनमा महत्वपूर्ण सफलता हासिल गर्न सकिन्छ : स्वामी चुडामणी महाराज
शान्तिधाम, तारकेश्वर । तारकेश्वरमा हरेक महिनाका पहिलो शनिवार सञ्चालन हुँदै आएको मन्थनको माघ महिनाको श्रृंखलामा शान्तिधामका स्वामी चुडामडी महाराजले अध्यात्मको अनुशरणले जीवनमा महत्वपूर्ण सफलताहरु हासिल गर्न सक्ने बताउनु भएको छ ।
तारकेश्वरको पहिचानलाई बलियो बनाउँदै आएको धार्मिक एवं पर्यटीय स्थल शान्तिधाममै आयोजित मन्थनमा मठाधिश स्वामी चुडामणीले मानव जीवनमा आत्मवोधले मात्रै प्रगति गर्न सक्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, जबसम्म मानिसले आत्मबोध गर्न सक्दैनन तव त्यो जीवन निर्रथक छ । नियम, कानुन र अनुशासनमा रहनु भनेको अध्यात्म हो ।
सम्पूर्ण जीवन जगत नै यही नियममा रहेकाले मानवहरुले पनि सोही कुराको अनुशरण गर्नुपर्ने उहाँको धारणा थियो । सवैले आआफ्नो धर्ममा रहनु पर्ने बताउँदै उहाँले थप्नुभयो, सूर्य समयमा उदाउनु, हावा चल्नु र ऋतु परिवर्तन हुनु उनीहरुका धर्म हुन् ।

आफ्नो जन्मको सार्थकता खोज्नु पर्ने आवश्यकता बताउँदै उहाँले मैले मेरो परिवार, समुदाय र देशमा के गर्न सके भनेर हेर्नु पर्ने या मैले के गर्न सक्छु भनेर सोच राख्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । हाम्रो वैदिक संस्कार तथा संस्कृतिहरु ५ हजार वर्षदेखि चाल चलनमा रहेको र हामीसँग अथाह ज्ञानको भण्डार भएकाले त्यसको सोधखोज र चर्चा गर्नुपर्ने आवश्यकता मन्थनमा व्यक्त गर्नुभयो । उहाँले सफलताका लागि आध्यात्मिक जीवन दर्शनको महत्वबारेमा मन्थनको उक्त आठौं श्रृखलामा करिव एक घण्टा आफ्ना भनाई तथा अनुभवहरु प्रस्तुत गर्दै शान्तिधामको विकास र संरक्षणका लागि आग्रह पनि गर्नु भएको थियो ।
गएको आठ महिनादेखि प्रत्येक महिनाको पहिलो शनिबार विकास, संस्कृति र साहित्यको विषयमा अनुभव तथा ज्ञान आदान प्रदान गर्ने उद्देश्यले मन्थनको आयोजना हुँदै आएको छ ।
मनमैजु सांस्कृतिक समाजको संचार विभागले आयोजना गर्दै आएको मन्थनको आगामी श्रृंखला फागुनको पहिलो शनिबार तारकेश्वरका सामुदायिक विद्यालयहरुका वर्तमान अवस्था र अबका दिनमा गर्नुपर्ने कार्यहरुबारेमा हुने मन्थनका सञ्चालक श्रीराम फुटुगेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर, #मनमैजु साँस्कृतिक समाज, #शान्तिधाम, #श्रीराम फुटुगे, #स्वामी चुडामणी महाराज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्