प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा नुवाकोटको बिरोध प्रदर्शन
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने कार्य : पूर्णलाल श्रेष्ठ
नुवाकोट । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले नुवाकोटमा बिरोध प्रदर्शन गरेका छन ।
प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनीय कार्य भन्दै नेकपा नुवाकोटका नेताहरु तिब्र बिरोधमा उत्रिएका छन ।
संसद विघटन विरुद्ध भएको बिरोध सभा ,सुर्यगढि ,फलाटे लगायत नुवाकोटको बिभिन्न स्थानहरुमा भएको छ । नुवाकोटका युवा नेता बिकाशप्रेमी तथा समाज सेवी पूर्णलाल श्रेष्ठ ,
पुर्ब सासद राजेन्द्र प्रकाश लोहनी , नेकपा बाग्मती प्रदेश सचिवालय सदस्य पुस्प लामिछाने ,प्रदेश कमिटी सदस्य अचुत पाण्डे ,जिल्ला कार्यालयका धर्म अधिकारी ,नुवाकोट जिल्ला क्षेत्र नम्बर १ का सयोजक पदम उप्रेती ,सचीव राजन गौतम ,प्रदेश समन्वय कमिटी १ ख का संयोजक सुबास तामाङ , ,सुर्यगढि गाउपालिका इन्चार्ज इमानसिङ तामाङ जिल्ला कमिटी सदस्यहरु केशर सेन्चुरी ,रमेश वस्ती,निर्मला अधिकारी ,राजु सडौला गाउपालिका कमिटीका सदस्यहरु,नेकपाका सुभेच्छुक लगायतको उपस्थीतीमा शनिबार बिरोध सभा सम्पन्न भएको हो ।
सो कार्यक्रममा नेकपा युवा नेता तथा जिल्ला सचिवालय सदस्य पूर्णलाल श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य रहेको बताए ।
यसै पूर्व सांसद राजेन्द्र लोहनीले व्यक्तिगत स्वार्थ र लाभका लोभले संसद विघटन गरेर के.पी ओली सरकारले मुलुकलाई अस्थीरतातर्फ उन्मूख गराएको बताए ।
प्रतिनिधि सभा विघटन विरुद्ध अहिले देश भर बिभिन्न राजनैतिक दलले बिरोधसभाको निरन्तरता दिदै आएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा नुवाकोट, #पूर्णलाल श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्