Techie IT
सोमबार, माघ २८,२०८१

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो । “गाउँ÷नगर कार्यसमितिका साथीसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु”, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले गत पुस १३ र पुस २५ को पार्टीको प्रदर्शनमा झैंँ आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गर्नुभएको छ ।

सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने सञ्चारकर्मीमा पनि कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ ।

पार्टीले ७५३ पालिकाका छ हजार ७४३ वडामा पनि विरोध प्रदर्शन गर्दै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सभापति देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Mist
6:43 am5:52 pm +0545