टोखा ३ झुडोलमा कृषि संकलन केन्द्रको स्थापना सम्बन्धी स्थलगत अध्ययन
टाेखा नगरपालिकामा स्थानिय कृषकहरुद्धारा उत्पादित कृषिको उचित व्यवस्थापन तथा बजारीकरण गर्न सहजताको लागी टोखा नगरपालिका वडा नं.३ झुडोलमा कृषि संकलन केन्द्रको स्थापना सम्बन्धी स्थलगत अध्ययन भएको छ । टोखा नगरपालिकाका उप-प्रमुख श्री ज्ञानमाया डंगोलको अग्रसरतामा कृषि शाखा प्रमुख,योजना प्रमुख, प्राविधिक प्रतिनिधिहरु,अमीन र स्थानीय कृषकहरुको समुहले टाेखा नगरपालिका वडा नं.३ स्थित झुडोलमा स्थलगत अवलोकन गर्नु भएको हो ।
अवलोकनको क्रममा टाेखानगर उप-प्रमुख ज्ञानमाया डंगोलले टाेखा नगर-प्रमुख र सम्बन्धित वडाध्यक्ष सँग छलफल गरी आगामी नगर कार्यपालिका बैठकमा केन्द्र स्थापनाका लागि पहल गर्ने बताउनु भएको छ । यो योजनाबाट कृषि संकलन केन्द्रको स्थापना भएपछि टाेखाका स्थानीय कृषकहरुको परिश्रम र मेहनेतलाई उचित मूल्य तथा बजारीकरण गर्न सहज वातावरण मिल्नेछ ।
Tokha Live
क्याटेगोरी : समाचार
ट्याग : #कृषि संकलन केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्