गाँजा खेती ध्वस्त पार्दै एसपी गुरुङ : १५० बिगाहमा लगाइएको ९७ लाख वटा बिरुवाहरु नष्ट

चितवन । चितवन प्रहरीले झन्डै डेढ सय बिगाहमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ र १२ का विभिन्न स्थानहरुमा अवैधरुपमा गाँजा खेती हुने गरेको भन्ने सुचनाको आधारमा चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) नान्तीराज गुरुङको निर्देशनमा जिल्ला प्रहरी कार्यालय चितवनबाट (डिएसपी) सुर्य बहादुर थापाको कमान्डमा खटिएको टोलीले तीन दिन र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का र इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा ५१ जनाको प्रहरीको टोलीले थप दुइ दिन गरी पाँच दिनको अवधीमा डेढ सय बिगाहमा लगाइएको करिब ९७ लाख वटा गाँजाका वोट विरुवाहरु नष्ट गरेको हो ।
आइतबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय चितवनबाट (डिएसपी) थापाको कमान्डमा ७० जना प्रहरीहरु त्यसतर्फ गएको थियो । जिल्लाको टोली मंगलबार नै फर्किएपनि अन्य टोली भने आज (बिहीबार) दिउँसो ४ बजे मात्रै फर्किएको हो । गाँजा नष्ट गर्न चितवनका प्रहरी प्रमुख समेत रहेका एसपी गुरुङले निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोली तीन दिनका लागी राप्ती नगरपालिका तर्फ गएको थियो । एसपी साबको प्रत्यक्ष निर्देशनमा हामी गाँजा फाड्न गएका थियौं, गाँजा फडानी गर्न खटिएका एक प्रहरी भन्छन् : पहिलो दिन तीन दिनका लागी मात्रै भनिएपनि अवस्था भयावह रहेको पाइएपछि थप दुइ दिन हामी बसेका हौं, उनले भने ।
वडाका ती बस्तीहरुमा स्थानीयहरुसंँग लागूऔषध र यसबाट समाज, मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे स्थानीयहरु सँग अन्तरक्रिया गरी सचेत गराउनुको साथै शान्ति सुरक्षाको विषयमा समेत छलफल गरिएको थियो । त्यस्तै, लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गर्दै आएको छ ।
कहाँ, कहिले, कति नष्ट ?
पहिलो दिन : गाँजा फडानीको पहिलो दिन आइतबार (डिएसपी) सुर्य बहादुर थापाको कमान्डमा राप्ती नगरपालिका वडा नम्बर १२ स्थित चातराङ भन्ने स्थानमा पाँच बिगाहमा लगाइएको करिब दुइ लाख वटा गाँजाका वोटविरुवाहरु नष्ट ।
दोस्रो दिन : गाँजा फडानीको दोस्रो दिन सोमबार (डिएसपी) थापाकै कमान्डमा राप्ती नगरपालिका वडा नम्बर १२ स्थित चातराङ, मेतराङ र धैराङ भन्ने स्थानमा तीस बिगाहमा लगाइएको करीव बीस लाख वटा गाँजाका वोटविरुवाहरु नष्ट ।
तेस्रो दिन : गाँजा फडानीको तेस्रो दिन मंगलबार (डिएसपी) थापाकै कमान्डमा राप्ती नगरपालिका वडा नम्बर १२ स्थित चातराङ, मेतराङ र पर्खाल भन्ने स्थानमा ४५ बिगाहमा लगाइएको तीस लाख वटा गाँजाका वोटविरुवाहरु नष्ट ।
चौथो दिन : गाँजा फडानीको चौथो दिन बुधबार (प्रहरी निरीक्षक) द्वय रोशन खड्का र राजीव गिरीको कमान्डमा राप्ती नगरपालिका वडा नम्बर १२ स्थित चातराङ र मेतराङ भन्ने स्थानमा ४० बिगाहमा लगाइएको २५ लाख वटा गाँजाका वोटविरुवाहरु नष्ट ।
पाँचौ दिन : गाँजा फडानीको आज पाँचौं दिन अर्थात अन्तिम दिन (प्रहरी निरीक्षक) द्वय रोशन खड्का र राजीव गिरीकै कमान्डमा राप्ती नगरपालिका ११ स्थित लोथर पुलको वरपर पहाडी एरीयामा ३० बिगाहमा लगाइएको २० लाख वटा गाँजाका वोटविरुवाहरु नष्ट ।
चितवन प्रहरी प्रमुखको कमान्ड सम्हालेका (एसपी) गुरुङ पछिल्लो समय गाँजा खेती गर्नेहरु प्रति निक्कै आक्रमक बन्दै गएका छन् । झन्डै एक महिना अगाडी पनि पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नम्बर १२ स्थित कोधानवाङ गैरी, यौरेलीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी तथा वडा नंम्बर १३ स्थित कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला लगायतका विभिन्न स्थानहरुमा ५० विघामा लगाएको अन्दाजी ३६ लाख वटा गाँजाका वोटविरुवाहरु नष्ट गरेको थियो ।
चितवनको प्रहरी प्रमुखको रुपमा नेतृत्व सम्हालेयता एसपी गुरुङले हालसम्म दुइ सय बिगाहमा लगाइएको १३३ लाख वटा गाँजाका बोटविरुवाहरु नष्ट गर्न सफल भइसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्